फरवार्ड नेपालः जसले महिलालाई बचत गर्न सिकाउँदैछ

पुस ८, सुनसरी । महिलाहरुलाई आर्थिक रुपमा सवल बनाएर उनीहरुलाई राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रमा अगाडी बढाउन क्रियाशिल संस्थाको नाम हो ग्रामिण महिला उत्सुकता विकास मञ्च अर्थात् ‘फरवार्ड नेपाल’ 

सुनसरीको दुहवी भलुवा नगरपालिकामा अवस्थित फरवार्ड नेपाल २०५१ सालमा स्थापना भएको हो । स्थानीय स्तरमा छरिएर रहेका सानासाना पुँजीलाई एकत्रित गर्दै समुह मार्फत लगानी गरी महिलाहरुलाई आत्मनिर्भर गराउनु यो संस्थाको मुख्य उद्देश्य रहेको छ । 

मधेशका महिलालाई सामाजिक, राजनीतिक र आर्थिक रुपमा बलियो बनाए उनीहरु अघि बढ्न सक्छन् भन्ने अठोटका साथ २०५१ सालमा फरवार्ड नेपाल नामक सेवामुलक संस्था स्थापना गरिएको हो । 

null

 

यो संस्थाले समाजमा छरिएर रहेका स–साना पुँजीलाई एकत्रित गरी समुदायमै लगानी गर्ने योजना ल्यायो । जसले तराई मधेशका कमजोर आर्थिक अवस्था भएका, सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा पछाडी परेका महिलालाई संगठित गर्दै उनीहरुको जिवनस्तर उकास्न ठूलो टेवा दिएको छ ।  

‘महिलाहरुलाई आर्थिक रुपमा बलियो नबनाएसम्म उनीहरु समाजमा अगाडी बढ्न सक्दैनन्, सामाजिक, सांस्कृतिक रुपमा महिलालाई बलियो बनाउन लघुवित्त कार्यक्रमले सहयोग पुगेको छ ।’ फरवार्ड नेपाल, फरवार्ड कम्युनिटि माइक्रोपाइनान्स वित्तिय संस्थाकी अध्यक्ष भगवती चौधरी भन्छिन् । 

फरवार्ड नेपालले तराई मधेशका महिलाहरुलाई विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै उनीहरुलाई उद्यमशिल बनाउँछ भने, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले यस्ता महिलाहरुलाई आर्थिक आय आर्जनका लागि सामुहिक जमानीमा ऋण लगानी गर्दछ । 

फरवार्डबाट ऋण लिएर ब्यवसाय गरेकी सुनसरी खनारकी शान्ति चौधरीको जिवनस्तर अहिले फरक भएको छ । ‘हातमा सिप थिएन, विहान बेलुकी घर खर्च टार्न समेत श्रीमानको भरपर्नु पथ्र्याे । फरवार्डले सिप सिकाएर, ऋण दिएर ब्यवसाय गर्न आधार बनाइदियो ।’ उनी भन्छिन् । फरवार्डमा आबद्ध भएपछि उनले दैनिक रुपमा बचत गर्न थालेको धेरै भइसक्यो । 

फरवार्ड नेपालमा आएपछि यो क्षेत्रका अधिकांश महिलाहरुको जिवनस्तर सुध्रिएको छ । श्रीमानको मात्र कमाईले घरखर्च धान्न र छोराछोरी समेत पढाउन नसक्ने अवस्थामा पुगेका महिलाहरु अहिले मासिक ५० हजारसम्म आम्दानी मात्र गर्दैनन्, घर ब्यवहारमा पुरुषसंगै हातेमालो गर्दै अघि बढ्न थालेका छन् । 

 

घरको आर्थिक अवस्था कमजोर भएपछि समाजमा पनि धेरैले हेप्ने गरेको अनुभव छ, सुनसरी दुहवीकी मुना शिवाकोटीको । ‘विरामी हुँदा धेरै समस्या हुन्थ्यो, छरछिमेकले ऋण पत्याउँदैनथे । अहिले फरवार्ड नेपालमा आबद्ध भइकन धेरै सहज भएको छ ।’ उनी भन्छिन्–‘फरवार्डमा आउनु अघि बचत गर्नुपर्छ भन्ने सोच नै थिएन, अहिले दैनिक खाता मार्फत बचत गर्ने गरेकी छु, यसले मलाई अफ्टेरो पर्दा ठूलो सहयोग पुगेको छ ।’ 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले ग्रामिण महिलाहरुमा आर्थिक संबृद्धिका लागि बचत गर्नुपर्छ भन्ने चेतना प्रवाह नै गर्यो । दैनिक रुपमा बचत गर्ने र समुहमा काम गर्ने भावना विकास गरेसँगै फरवार्डले उनीहरुकै पुँजी सामुहिक जमानीमा उनीहरुको सिप क्षमता अनुसार लगानी गरिदियो । यसरी समाजमा छरिएर रहेको साना पुँजीलाई एकत्रित गरेर लगानी गर्दा महिलाहरुको आर्थिक अवस्थामा सुधार आउँदै गयो भने, परिवारमा पनि महिलाहरु प्रति पुरुषले हेर्ने दृष्टिकोण नै परिवर्तन ल्याएको छ । 

‘श्रीमानकै आयस्रोतमा भर परेका महिला दिदिबहिनीहरुको अवस्था दयनिय नै थियो, दैनिक घर झगडा हुने, महिला हिंसा हुने घटना धेरै थिए । फरवार्डले त्यस्ता महिलाहरुमा नेतृत्व विकास सँगै, साक्षरता विकास गर्दै लघुवित्त कार्यक्रम मार्फत घरघरमा पुँजी पुर्याइ दिएपछि अहिले महिला हिँसाका घटनामा समेत कमी आएको छ ।’ महिला नेतृ भगवती चौधरी भन्छिन् । 

फरवार्डले महिलाहरुको सिप र क्षमता अधिबृद्धि गरी लगानी गर्दछ । यसकालागि उनीहरुलाई विभिन्न सिपमुलक ब्यवसायका लागि तालिम दिने, बजारको संभाब्यता खोज्ने सम्मका काम गर्ने गर्दछ । हाल संस्थामा देशभरका ३६ जिल्लाका १११ शाखामा दुई लाख ३२ हजार बढि महिला संगठित भएर लागि परेका छन् । संस्थाबाट महिलाहरुले पशुपालन, कृषि उत्पादन, सिलाईबुनाई, चिया नास्ता पसल, मिल, जस्ता उत्पादन क्षेत्रमा लगानी गरेका छन् । 

फरवार्डले महिलाहरुलाई आर्थिक उपार्जनका लागि ऋण प्रवाह मात्र गर्दैन, सामाजिक दायित्व अन्तरगत स्वास्थ्य, शिक्षा र वातावरणीय सचेतना समेत दिन्छ । संस्थाले महिलाहरुको क्षमता अभिबृद्धि गर्न विभिन्न सिपमुलक तालिम दिन्छ । यसरी संस्थाबाटै सिपमुलक तालिम लिएर संस्थाबाटै ऋण पाएपछि यहाँका धेरै महिलाहरु अहिले समाजमा खुलेर कुरा गर्न सक्ने भएका छन् । 

‘लघुवित्त कार्यक्रमले महिलाको जिवनस्तर उकास्न टेवा माग दिएको छैन, उनीहरुको आर्थिक शशक्तिकरणमा समेत सहयोग पुगेको छ ।’ फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरी भन्छन् । 

चौधरीको अनुभव पुरुष भन्दा महिलाहरुमा ऋण तिर्नुपर्छ भन्ने चेतना बढि छ । पुरुषहरु घर ब्यवहारदेखि आर्थिक क्षेत्रमा लापरवाही हुने तर, महिलाहरु जिम्मेवार देखिएका छन् । ‘हामीले जतिपनि ऋण लगानी गरेका छौं त्यसमा महिला मार्फत गरेको लगानी सफल भएको छ, समयमै साँवा ब्याज तिर्ने, नियमित बचत गर्ने तथा जुन उद्देश्यका लागि ऋण लगिएको हो सोहि क्षेत्रमा लगानी गर्ने मामलामा पुरुषभन्दा महिला जिम्मेवार भएका छन् ।’ उनी भन्छन् । 

 

नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ चौधरीको चौधरीको विचारमा तराई मधेशका महिलाहरु कमजोर हुनुमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था दोषी छ । ‘तराई मधेशका तल्लो समुदायका महिलाहरुमा आर्थिक अधिकार छैन । घरको हरेक निर्णय गर्ने अधिकार पुरुषमा निहित छ । आम्दानीको स्रोत नहुँदा पुरुषसँग आश्रित हुनुपर्ने बाध्यता भएकोले पनि महिलाहरु घर बाहिर आउन नसकेका हुन् ।’ उनी भन्छिन् । 

लघुवित्त कार्यक्रमले अहिले तराई मधेशमा धेरै परिवर्तन आएका छन् । फरवार्डले महिलालाई संगठित गरेसँगै उनीहरुमा सामाजिक, आर्थिक र राजनीतिक चेतना अभिबृद्धि भएको छ । समाज विकासको सिद्धान्तले स्वरोजगार र सिपलाई प्राथमिकता दिन्छ । यहि सिद्धान्त अनुरुप स्थानीय क्षेत्रमा भएका सिप र क्षमतालाई ब्यवसायीकरण गर्दै समाज र राष्ट्र उत्थानको मूल उद्देश्य लिएको फरवार्ड नेपालले आर्थिक, सामाजिक तहमा गरेको योगदान अनुकरणीय छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *