भारतबाट अवैध रुपले ल्याइएका समानसहित एक पक्राउ

पुस ६, सिरहा । प्रहरीले सिरहाको विभिन्न स्थानबाट अवैधरूपले ल्याइएका करीब डेढ लाख मूल्य बराबरको समानसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको खानेतेल, भुजिया, सुर्ति, दूधको पाउडरलगायत करीब रु एक लाख मूल्य बराबरको समान बरामद गरेको हो । 

यस्तै अस्थाथी प्रहरी पोष्ट कशहाबाट खटिएको टोलीले रजनी गन्धा, राजनिवासलगायत क्षेत्रबाट अवैध रूपमा ल्याउँदै गरेको करीब रु ५० हजार मूल्य बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सो क्रममा एक थान मोटरसाइकलसहित सिरहा नगरपालिका–१५ दुर्गापुर निवासी ३६ वर्षीय अशेश्वर सिंह महतोलाई पक्राउ गरिएको थियो । बरामद समानसहित पक्राउ परेका महतोलाई कारवाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइने जनाइएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *