महेन्द्र मोरङका क्याम्पस प्रमुख थुनिए

 

पुस ३ बिराटनगर । क्याम्पसमा अनियमितता गरेको आरोपमा विद्यार्थी संगठनहरुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरका प्रमुखलाई कार्यकक्षमै थुनिदिएका छन । क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा विद्यार्थीहरुले तोडफोड समेत गरेका छन । 

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र नयाँ शक्ति निकट विद्यार्थी संगठनको महेन्द्र मोरङ क्याम्पस इकाइ कमिटी आबद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेर तालाबन्दी गरेका हुन । 

null

सोमबार दिउँसो साढे ३ बजे क्याम्पस प्रमुख बिरुद्ध नाराबाजी गर्दै गएका उनीहरुले तोडफोड गर्नुका साथै तालाबन्दी गरेका हुन । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कोठा अगाडी रहेको सभाकक्षको कुर्सी टेबुल र नेमप्लेट तोडफोड गर्नुका साथै कोठाका पर्दाहरु च्यातेर फालिदिएका छन् । 

केहि महिनायता क्याम्पसकालागि १ करोड बढीको कार्यालय तथा शैक्षिक सामाग्री खरीद गरिएको र त्यसमा व्यापक अनिमियता गरिएको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन । १ करोड बढीको सामागी्र खरीद गरिए पनि कमिशनको लोभमा चार–चार लाखको कोटेशनबाट ती सामागी्र खरीद गरएको उनीहरुको आरोप छ । 

क्याम्पसमा जर्जर अवस्थामा रहेको लाइब्रेरी मर्मत सम्भारकालागि निकालिएको २१ लाखको टेण्डरमा समेत अनियमितता भएको र क्याम्पस परिसरभित्र रहेका रुखहरु जथाभावी कटान गरेर बिक्री गरिएको विद्यार्थी नेता जसवन्त पौडेलको भनाई छ । उनिहरुले नैतिकताका आधारमा क्याम्पस प्रमुख तिम्सिनाले राजिनामा दिन समेत माग गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *