सात वर्षीय बालक अपहरण गरी १५ लाख फिरौती माग्ने तीनजना पक्राउ
२०७५ मंसिर २६ गते

मंसिर २६, काठमाडौँ । झापाको गौरीगञ्जमा सात वर्षीय बालक अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ परेका छन् ।
भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा मैफुज आलमलाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती माग्ने तीन जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखियालाई झापाको गौरीगञ्बाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
null
बालकलाई अपहरण मुक्त गरी पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिए ।
२०७५ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








