सरकारले अब गरिबलाई धनी बनाउँछ, निराश नहुनुहोस्: प्रधानमन्त्री

 

पुस १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोही पनि गरिब नरहने दाबी गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले सबै श्रमिकहरुलाई मुक्त गर्ने दाबी गरेका हुन् । 

null

उनले मजदुरको मात्रै नभइ उद्योगीहरुको पनि हित हुने कार्यक्रम ल्याएको भन्दै गर्दै मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रमले गरिबी हट्ने जिकिर गरे । ‘सामाजिक समानताका आधारमा गरीबलाई पनि खान लाउन र दैनिक जीवन सहजले धान्न पुग्ने गरी कार्यक्रमहरु ल्याउछौं । धनीलाई थप धनी हुनबाट नरोकी अब गरीबलाई धनी बनाउँछौँ’, उनले भने । 

कार्यक्रममा प्रधानमन्त्रीले सरकार मुलुकलाई अघि बढाउन लागि परेको उल्लेख गर्दै निराश नहुन पनि सबैलाई आह्वान गरे । उनले चालू आर्थिक वर्ष भित्र मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने घोषणा पनि गरे । 

प्रधानमन्त्री ओलीले नौं महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै अब रफ्तारका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । उनले सरकार ‘कठैबरा’ भन्ने अवस्थामा नरहेको उल्लेख गर्दैै दुनिँयाले सोचेभन्दा तीव्र गतिका साथ आर्थिक वृद्धि गर्ने दावी पनि गरे । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आधा शताब्दीभन्दा बढि लोकतन्त्रका लागि योगदान गरेको स्पष्ट पारे । उनले अधिनायकवाद ल्याउँछ भनेर आतंकित नपार्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे । ‘सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो’, उनले भने । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *