कोलम्बियाका राष्ट्रपतिको हत्या गर्ने प्रयास !
मकालु खबर
२०७५ पुस १५ गते
पुस १५, बोगोटा । कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ ।
कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गरेका हुन् ।
उनले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुयलाका नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिएका छन् ।
null
“विगत केही महिनादेखि उहाँको हत्या गर्ने प्रयास भइरहेको गुप्तचरले पुष्टी गरेका छन्,” विदेश मन्त्री कार्लोस होल्मसले भने ।
पक्राउ परेकाबाट घटनाका बारेमा अनुसन्धानकार्य जारी रहेकाले थप विवरणहरु पछि सार्वजनिक गरिने उनको भनाइ छ ।
राष्ट्रपति इभानलाई भित्री तथा बाहिरी पत्रबाट सुरक्षा चुनौती रहेको पनि उनले बताए । बोगोटा र काराकासबीचको तनाब बढ्दै गइरहेका बेला कोलम्बियाको तर्फबाट यस्तो अभिव्यक्ति आएको हो ।
मकालु खबर
२०७५ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित