फोटो पत्रकारको गलत प्रवृत्ति विरुद्ध लड्छौं, कोही कसैले भ्रम नछरे हुन्छ

नेपालीमा एउटा उखान छ ‘जो अगुवा उही बाटो’ भने जस्तै कामको नाममा वरको सिन्को पर नसार्ने, अरुले गरेको कामको जस आफूले लिने र अरुकेही पनि होइनन्, म मात्रै हो भन्ने प्रवृत्तिलाई हामीले संस्थागत रुमपा नै पराजित गरिदिएका छौं ।राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को नाममा विभिन्न जिल्लामा समुहको शाखा खोल्ने काम समुहका आर्थिक लगानीमा सम्पन्न गर्न हामीले धेरै ठूलो मेहनत गरेका थियौं । जसका कारण हामीले राम्रै सफलता समेत पाएका थियौ । तर, कुनै पनि काम नगर्ने, संस्था मात्रै ओगटेर बस्ने प्रवृत्तिलाई हामीले पराजित गरेर नयाँ यात्रा तय गरेका छौं । 

विगतमा मेरै पालामा भएको र पछि तत्कालिन संस्थाका अध्यक्ष ध्रुव आलेले काठमाडौं केन्द्रिय कमिटि भन्दा वाहिरका सदस्य हरि रेग्मी र सागर श्रेष्ठलाई काँधमा बोकी विभिन्न जिल्लामा हस्ताक्षर संकलन गरेको र उक्त हस्ताक्षर पछि संस्थालाई फोटो पत्रकार महासंघ बनाउन आफ्नो खुसी काठमाडौंमा रहेको समुहको केन्द्रीय कमिटिलाई जानकारी नगराई एकलौटी ढंगबाट गलत तरिकाले संस्था दर्ता गरेकाले काठमाडौं कमिटिको असहमतीको बाबजुद काम गरियो । 

राष्ट्रिय फोटो पत्रकार समूहको नाममा राम्ररी क्यामेरा समेत चलाउन नजान्ने हरि रेग्मी प्रवृत्तिलाई हामीले विगतमा नै राम्रै सबक सिकाएकै थियौं । तर, पनि अध्यक्षको मनोमानीले गरिएको महासंघलाई बैधानिकता नमान्ने ढंगबाट समुहको बहुमतको संख्याले विशेष साधारण सभा माग गरि नयाँ कार्यसमिति चयन गरि तत्कालिन अध्यक्षले गरेको सम्पूर्ण कामकारवाही बदर गरि समुहबाट समेत निस्कासन गरिएको यहाँहरुलाई थाहा भइ सकेपछि पनि संस्थाको सम्पूर्ण हर हिसाब र संस्थाको आधिकारीक प्रमाणपत्रहरु माग गर्दा ७ महिना सम्म अध्यक्षले मनोमानी गरे । 

null

सो प्रवृत्ति यस संस्थालाई समाप्त पार्ने उद्देश्यले लुकाएर राखेको कारण हामीले बारम्बार मौखिक रुपमा जानकारी गराई अटेर पछि काठमाडौं जिल्ला प्रशासनमा उजुरी निवेदन दिए पछि २ महिनासम्म पनि संस्थाको तर्फबाट आधिकारीक रुपमा सम्पूर्ण सदस्यहरुलाई उपस्थिति गराई हामी माथि जिल्ला सदस्य प्रक्रियामा रहेका साथीहरुको वहुमतिय हस्ताक्षर वुझाएको भन्ने हल्लाका आधारमा महासंघ दर्ताको फाइल हेर्ने मनसायले जिप्रकामा निवेदन दिँदा संस्था दर्ताको सम्पूर्ण प्रमाणपत्रहरु त्यहाँको कर्मचारीको मिलेमतोमा गायव बनाउने जस्ता हर्कत देखा परेको थियो । 

संस्थालाई भजाएर खान मात्रै पल्किएका प्रवृत्ति विरुद्ध मुद्धा लड्छु भन्ने जस्ता गतिविधि गरी साथै विभिन्न जिल्लाका फोटो पत्रकार सदस्यहरुलाई महासंघ ठुलो हो भन्दै ३ सदस्यीय टोली भ्रम सृजना गरि हाल सम्मपनि हिँडिरहेका छन् ।आफ्नो मनोमानी ढंगबाट राष्ट्रिय फोटो पत्रकार समुहले गरेको राष्ट्रिय अवार्डको विषयमा मनोगत ढंगबाट आर्थिक घोटाला भनि विभिन्न जिल्लाका साथीहरुलाई भ्रममा पार्ने काम महासंघका अध्यक्षको नेतृत्वमा स्व घोषित उपाध्यक्ष र महासचिवले अर्नगल प्रचारमा उत्रेर चरित्र हत्या सम्मको हर्कत गरेर अगाडी वढ्ने नियत देखिएको छ । 

उक्त कार्यक्रमको हर हिसाव लेनदेनमा पनि संस्थाको चेक व्यक्तिको खल्तीमा राखेर संस्थालाई बदनाम पार्ने हिसाबले ३ महिनासम्म अध्यक्षको नेतृत्वमा मिडियामा विज्ञापन दिए बापतका विलको चेक हस्तान्तरणमा अवरोधका गरेका थिए । भने मैले अवार्डको सम्पूर्ण हिसाब विशेष साधारण सभामा पेश गरि सकेको पनि जानकारी गराउँदछु । साथै २०७४ सालमा हरि रेग्मीको संयोजकत्वमा भृकुटीमण्डपमा भएको प्रिन्टीङ एण्ड फोटोग्राफी एक्सपोको सम्पूर्ण हरहिसाव संस्थामा नवुझाइकन हरि रेग्मीले आफूलाई महासचिव भएको बताउँदै संस्थाको हिसाब मनोमानि ढंगले मौखिक रुपमा गरेका छन् भने, संस्थालाई उक्त कार्यक्रम बापत उपलव्ध गराउनु पर्ने लाखौ रकम अहिले सम्म समुहको खातामा कुनै उल्लेख गरिएको छैन ।उनिहरुले कमलादीमा भएको संस्थाको कार्यालय हडपेर महासंघको बोर्ड राख्ने र समुहको अफिस कव्जा गरेर केही समय बसेता पनि पछि अन्ततः घरवेटीलाई कोठा भाडा तिर्न नसकेपछि ताला लगाएको थियो । 

पछि ३ महिनाको भाडा समुहको चेक मार्फत तिरेर पनि संस्थाको सामान उनीहरुले नै लगेको अवस्थामा केही महिना अगाडी भृकुटी मण्डपमा हाल महासंघको भनिएको समुहको नाममा रहेका खालि ठाँउमा आफ्नो मनोमानीले तवरले महासंघको हो भन्दै राष्ट्रिय फोटो पत्रकार समुहको नाममा लिएका थिए । उनीहरुले सोही ठाउँमा सबै समान राखेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएको उजुरी पछि प्रशासनको सोधपुछ पछि मेलमिलाप गराई संस्थाको सम्पूर्ण समााग्रीहरु वुझाउने र स्वतन्त्र ढंगबाट समुह आफ्नै नाम र काममा फर्कने गरी समझदारी भएपछि पनि विभिन्न वहानामा समुहको सामग्री हस्तान्तरणमा ढिलासुस्ती गरिएको थियो । भने, आज सम्म पनि हरि रेग्मीले समुहको आर्थिक हिसाव किताब बुझाउन अटेर गरेका छन् । 

पछिल्लो समयमा विभिन्न जिल्ला शाखाका साथीहरुलाई समूह एउटा महासंघको च्याप्टर हो भनी भ्रम सृजना गरेर हिँडिरेका छन् । संस्थाको सदस्यता नविकरण नगर्नु भनि अर्नगल प्रचारमा उत्रेको र साथीहरुलाई महासंघको पदीय प्रलोभन समेत दिइएको सुन्नमा आएको छ । महासंघको नाममा फेरी पनि ठुला योजना र एक्स्पो आयोजना गरि आर्थिक स्वाद लिने प्रयासमा तल्लिन भएको पाइएको सहजै रुपमा बुझ्न सकिन्छ । यस्तै भव्य प्रचार हुने, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति पाइने र हाम्रा शाखाहरु अमेरीका, जापान, लण्डन भन्दै प्रचार गराइएको छ । यो सदा सर्वदा गलत र भ्रामक प्रचार रहेको छ ।एक्स्पो आयोजना भएको एक वर्ष पुग्न लाग्दा पनि समुहको नाममा भएको हर हिसाव नवुझाई व्यक्तिगत चरित्रहत्या तर्फ उन्मुख हुने रेग्मी प्रवृत्ति विरुद्धफेरी पनि हामी फोटो पत्रकारहरु एकजुट भइ प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ । विगतको हिसाब नदेखाई मनलाग्दी गर्नेलाई साथीहरुले राम्रोसँग नै चिनेका छन् । 

काम गरेको जस्तो गरेर भाषण गर्दै हिँड्ने, पद चाइदैन भन्दै विभिन्न पद ओगटेर बस्ने, पैसा मात्रै चाहिने रेग्मी प्रवृत्तिले यो बीचमा के कति समाचारमा फोटो खिच्यो, उनीहरुको अवस्था कहाँ छ ? मैनबत्ती बालेर खोज्दा समेत भेटिँदैन । 

उनीहरुको गलत धन्दा र कुचेष्टालाई हामीले राम्रैसँग प्रतिवाद गरेका छौं । तर, उनीहरुको गलत हर्कत भने जारी रहेको छ । मैले र यस समुहका सम्पूर्ण साथीहरुले निरन्तरको लडाइ पछि आज राष्ट्रिय फोटोपत्रकार समुह पहिलेको स्थानमा आफ्नो अस्तीत्वमा रहन सफल भएको छ । साथै आगामी दिनमा हामी अझै शसक्त रुपमा अगाडी बढी समुहलाई महासंघको अवधारणा अन्तरगत विभिन्न जिल्लामा रहेका फोटो पत्रकारहरुलाई समेटी उनीहरुको हक हितमा लाग्ने प्रण गर्दछौं । 

साथै विभिन्न जिल्लामा रहेका सम्पूर्ण सदस्य साथिहरुलाई महासंघको नाम ठाँउ र प्रलोभनमा पार्ने हर्कत प्रति सचेत रहन पनि आह्वान गर्दछौं । आगामी दिनमा हामी फोटो पत्रकारहरु फोटो पत्रकारको रुपमा प्रत्यक्ष फिल्डमा खट्ने र काम गर्ने प्रति यहाँहरुको विश्वास रहनेमा हामी ढुक्क छौं । 

हामी सबै व्यवसायिक फोटो पत्रकारलाई एक ठाँउमा गोलबन्द गरेर उनीहरुको पेशागत सुरक्षा र हक हितका लागि आवाज उठाउँछौ । तर, पर्दा पुच्छर लुकाएर भाग्ने छैनौं ।  

हिजो मैले फोटो पत्रकारीता गरेको र म सिनियर हुँ भन्दै तिमिहरु जस्ता सानाले केही गर्न सक्दैन भन्ने प्रचार प्रसार र विरुद्धमा उत्रेको पनि देखिँदै आएको हामीले पाएका छौ । साथै विभिन्न वहानामा राष्ट्रिय फोटो पत्रकार समुहलाई अहिले पनि आरोप प्रत्यारोप र भ्रमात्मक सन्देशहरु महासंघको विभिन्न वक्तव्यमा देख्न सकिन्छ । यस्ता प्रवृत्ति विरुद्ध कडा संघर्ष गर्न जरुरी रहेको छ । काम नगर्ने केवल पद मात्रै खोज्ने प्रवृत्ति फोटो पत्रकारलाई सुहाउने विषय होइन । हामी काम गर्छौं, हाम्रो आफ्नो नाम छ, इज्ज्त छ, प्रतिष्ठा पनि छ । क्यामेरा चलाएको जस्तो गर्ने, आन्तरिक कार्यक्रम र महोत्सवको कुनै बेला श्रव्य दृश्य खिचेको नाममा पद र प्रतिष्ठा ओगटन खोज्ने रेग्मी प्रवृत्ति एकदिन पराजित भएर जाने छ । विगतको हिसाब किताब गोलमाल गर्ने, गलत काम गर्ने, आफूलाई वरिष्ठ दावी गर्ने प्रवृत्ति समेत पराजित हुने छ । 

हामी सबै व्यवसायिक फोटो पत्रकारलाई एक ठाँउमा गोलबन्द गरेर उनीहरुको पेशागत सुरक्षा र हक हितका लागि आवाज उठाउँछौ । तर, पर्दा पुच्छर लुकाएर भाग्ने छैनौं । अहिले हामीलाई आधिकारिक नभएको, हाम्रो संस्थाको एउटा सामान्य शाखा भनेर जसरी गलत प्रवृत्तिले प्रचार गरेको छ त्यो सदा सर्वदा गलत रहेको छ । हामीलाई थाहा छ हामीले विगतमा इतिहास कायम गर्यौं । तीस भन्दा बढी फोटो पत्रकारलाई सम्मान गर्यौं । उनीहरुको पेशागत हितका लागि काम गर्यौं । काम गरेको जस्तो गरेर भाषण गर्दै हिँड्ने, पद चाइदैन भन्दै विभिन्न पद ओगटेर बस्ने, पैसा मात्रै चाहिने रेग्मी प्रवृत्तिले यो बीचमा के कति समाचारमा फोटो खिच्यो, उनीहरुको अवस्था कहाँ छ ? मैनबत्ती बालेर खोज्दा समेत भेटिँदैन । 

हामीले न त विगतमा गलत काम गर्यौं, न त आज नै नत भोलि नै । हामी विधिमा विश्वास गर्छौं । हामी लुकेर वा झुक्याएर कोही कसैलाई पनि छुरा हान्दैनौं । हामी विचारमा विश्वास गर्छौं, हामी बहसमा विश्वास गर्छौं । हामी रचनात्मक काममा विश्वास गर्छौं । हामीलाई लुकाएर भ्रष्टाचार गर्नु छैन । हामीलाई नक्कली र फर्जी बिल बनाएर पनि खानु छैन । त्यसकारण गलत प्रचार नगर्दा नै उत्तम हुन्छ । यो कोही कसैप्रति पनि परिलक्षित छैन । मैले गलत प्रवृत्ति विरुद्ध बोल्ने साहस गरेको हो । कोही कसैप्रति व्यक्तिगत रुपमा लेनदेन पनि छैन । लिनु आवश्यक पनि छैन । गलत प्रवृत्तिको विरोध गर्दा चोरको खुट्टा काट भन्दा चोरले खुट्टा ताने जसरी कोही कसैले प्रतिक्रिया दिन्छ भने मेरो भन्नु केही छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *