कारागारमा एक कैदीको मृत्यु
२०७५ पुस ६ गते

बर्दिबास । महोत्तरी कारागारका एक कैदीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाका तत्कालिन धनौजी गाविस वडा नं. ४ घर भएका रामनाथ मण्डल रहेकाछन् ।
धानुक साल २०७४ भदौ ५ गते लागु औषध र गाजा मुद्दामा जिल्ला अदालत धनुषाको फैसला अनुसार १ वर्ष ८ महिना का लागी जलेश्वर कारागार चलान भएका थिए ।
मण्डल जेल चलान हुनु अघि देखी नै नशा सम्बन्धी रोगले ग्रसीत थिए । सोही रोगकै उपचारका क्रममा जिल्ला अस्पताल जलेश्वरमा उनको मृत्यु भएको महोत्तरी कारागार प्रशासनले जनाएको छ ।
null
२०७५ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








