कालीकोटमा भीषण आगलागी हुँदा ८७ घर नष्ट

 

पुस ९, काठमाडौँ । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । 

आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी हुँदा अहिलेसम्म ८७ घर जलेर नष्ट भएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको हो । 

null

आगलागीमा ७ स्थानीयवासी घाइते भएको स्थानीयले जानकारी दिएका छन् । आगलागीमा जलेर दुई भैंसी, १४ गोरु र दुई बाख्रा मरेका छन्। आगो नियन्त्रणका लागि नेपाली सेनाको टोली पनि घटनास्थल जाँदैछ। 

आगो निभाउने प्रहरी र स्थानीयबासीको प्रयास विफल भएको छ। गाउँमा युवाहरू पनि नभएको र पानीको समेत अभाव भएका कारण आगो निभाउने प्रयास असफल भएको हो। 

मध्य राति आगलागी शुरु भएपनि क्षतिको यकिन हुन सकेको छैन । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । प्रहरीलाई त्यहाँ पुग्न चार घण्टाको समय लाग्ने भएकाले त्यहाँको क्षतिको यकिन विवरण आउन अझै केही समय प्रहरीले जानकारी दिए ।  

गए रातिदेखि टेलिफोन सम्पर्क पनि राम्रो नभएका कारण घटनाको सत्यतथ्य बुझ्न पनि निकै कठिन भएको छ । पलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको गाउँमा रहेका सबै घर जलेको हो । जिल्ला सदरमुकामबाट ३२ कोषको दूरीमा पर्ने उक्त बस्तीमा सदरमुकामबाट पीडितलाई उद्धार गर्न सशस्त्र प्रहरी पनि खटाइएको छ ।  

गए रातिनै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको छ । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको हाे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *