अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै सेयर लगानीकर्ता अनशनमा

 

मंसिर २३, काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनशन शुरु गरेका छन्। 

राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले आईतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै अनशन सुरु गरेका हुन् । 

null

सेयर बजारका लागि सञ्चालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम नगरेपछि आाक्रोशित बनेका सेयर लगानीकर्ताहरुले तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबार तथा पूँजी बजारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने चेतावनी समेत दिएका छन् । 

१० बुँदे माग राख्दै अनसन शुरु गरेका सेयर लगानीकर्ताहरुलेयसअघि पनि अनलाइन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्र बुझाउँदा पनि आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *