जिवनमा सफल बन्न धर्म–कर्ममा विश्वास राख्ने गर्नुहोस

 

पूजा–पाठ गर्ने र धार्मिक आयोजनाहरुमा सफल हुनाले तनावको स्तरमा कमी आउने गर्दछ । बेलर युनिभर्सिटीका सोधकर्ताहरुका अनुसार यसको असर अफिसमा मानिसहरुको प्रदर्शनमा पनि देखिने गर्दछ । 

त्यस्ता मानिसहरु काममा ध्यान मात्र लगाउने नभई उनीहरुको उत्पादन क्षमतामा बृद्धि हुनाले प्रोमोसन र तलवमा वृद्धिको सम्भावना बढ्ने बताइएको छ । शोधकर्ताले एक हजार कर्मचारीहरुको कार्य क्षमतामा धर्म या अध्यात्मको असरको बारेमा जाँच गरे । 

null

भगवानमा विश्वास राख्ने मानिस, नियमित पूजा–पाठमा शरिक हुने र धार्मिक आयोजनाहरुमा खुसी भएर भाग लिने मानिसहरुको आफ्नो व्यवसायिक जीवनमा बढि सफल हुने उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ । 

 यस्ता व्यक्तिहरु आफ्नो मालिकको नजरमा राम्रो छवि बनाउन सफल हुने र आफ्ना सहकर्मीहरुसँगको सम्बन्ध राम्रो हुने बताएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *