धरानका श्रीप्रसाद सुब्बा पक्राउ पर्नुको यस्तो छ कारण

पुस १२, धरान । संघिय समाजवादी फोरमका युवा नेतालाई धरानमा पक्राउ गरिएको छ । गत दशैतिहारमा धरानमा मेला लगाउने विषयमा भएको झडपमा मेला स्थलमा ढुङ्गामुडा गरेको आरोपमा फोरम धरानका युवा नेता श्रीप्रसाद लिम्बू (श्री सुब्वा) लाई पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिम्सिनाले लिम्बूलाई पक्राउ गरेको बताए । 

 

null

लिम्बूले गएको कार्तिक ६ गते पब्लिक हाइस्कूलमा छिमेकी युवा क्लवले लगाउने भनेको रमाइलो मेला विथोल्दै ढुङ्गामुडा गरेको आरोप छ । उनले मेलामा राखिएको स्टलमा ढुङ्गा मुडा गरी अभद्र व्यवहार गरेको भन्दै कामराज लिम्बूले प्रहरीमा जाहेरी दिएका थिए । 

सोही जाहेरीकाे आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले विहीबार (आज) दिउसो धरान–३ स्थित निकेतन गल्लीबाट लिम्बूलाई पक्राउ गरेको डिएसपी तिम्सिनाले बताए । घट्नामा अन्य व्यक्ति पनि रहेको र खोजी भईरहेको छ । 

श्रीप्रसाद लिम्बू संघीय समाजवादी फोरमको युवा संगठनका जिल्ला अध्यक्ष भएको बताइएको छ । उनी विगतमा कर्तव्य ज्यान मुद्धामा १० बर्ष जेल सजाय भोगेर निस्कीएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =