टिपरले ठक्कर दिँदा सविनाको मृत्यु

पुस ११ पर्सा । बीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो । 

ना २ ह ३४७३ नं को ट्याम्पुबाट सडकमा लडेकी सविनालाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले किच्दा उनको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक सविनाको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =