अफगानिस्तानमा आठ तालिबान लडाकू मारिए

 

पुष २ मैमाना, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् । 

यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै अन्य १० जना घाइते भएका सैनिक अधिकारीले बिहीबार जानकारी दिएका छन् । फर्याब प्रान्तको ख्वाजामा आतङ्ककारीविरुद्ध अफगान सुरक्षा बलले भिषण सैन्य कारबाही गरिरहेको छ । 

null

सेनाका सूचना अधिकृत गुलाम हजरत कारिमीले उक्त प्रान्तमा सैन्य कारबाही अझै जारी रहेको बताए । यस कारबाहीका सम्बन्धमा विस्तृत विवरण प्राप्त भइसकेको छैन । सरकारी सुरक्षा बलसँग युद्धरत तालिबान लडाकू समूहले कुनै टिप्पणी गरेका छैनन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *