सरकारद्वारा साना किसानको २९ करोड ऋण मिनाहा
मकालु खबर
२०७५ मंसिर २७ गते
मंसिर २७, काठमाडौँ । सरकारले साना किसानले लिएको ऋण मिनाहा गर्ने भएको छ ।
मन्त्रीपरिषद्को बैठकले साना किसानले कृषि विकास बैंकबाट लिएकोऋण मिनाहा गर्ने निर्णय गरेको हो । बैठकले २०२७ साल देखिको २९ करोड सावा मिनाहा गर्ने भएको हो ।
null
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने जानकारी गराएका हुन् ।
कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।
मकालु खबर
२०७५ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित