उपराष्ट्रपति पुन हिँडेरै पुगे कार्यक्रममा

 

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’  कार्यालयबाट हिँडेरै एक कार्यक्रममा उपस्थित भएका छन्।  लायन्स क्लबको कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति पुन शुक्रबार कार्यालयबाट हिँडेरै जमलस्थित होटल एलो प्यागोडा पुगेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।  

भिआइपिको सवारीले सडक जाम हुने र सर्व साधारणलाई सास्ति हुने भन्दै आलोचना भइरहेका बेला पुुनले भने पैदल सवारीलाई रोजेको पाइएको छ । उपराष्ट्रपति पुुनको यो कदमको सर्वसाधारणले प्रशंसा गरेका छन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *