गोदामचौर सामुहिक बलात्कार प्रकरणका दुई अभियुक्त पक्राउ

 

मंसिर २६, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जबरजस्ती करणी अभियोग लागेका दुई जनालाई नियन्त्रणमा लिएको छ । 

महाशाखाको टोलीले ललितपुरको गोदामचौरमा भएको सामुहिक बलात्कार प्रकरणमा दुई अभियुक्तः ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र सोही ठाउँका २१ वर्षीय पवन कुँवरलाई पक्राउ गरेको हो । 

null

गत वर्षको मंसिर २ गते साँझ गोदावरीकी २२ वर्षीया एक विवाहित युवतीमाथि घर फर्किने क्रममा कार्की र कुवरसहित रघु सिलवालले गोदावरी खोलामा सामूहिक बलात्कार गरेका थिए । सोही अभियोगमा उनीहरु पक्राउ परेका हुन् । 

गत वर्ष पुस ९ गते ललिपुर जिल्ला अदालतको आदेशमा तारिखमा छुटेका कार्की र कुँवरलाई पाटन उच्च अदालतले तारिखमा छाड्न दिएको आदेशलाई उल्ट्याउँदै पाटन उच्च अदालतले गत वर्ष माघ २५ गते नै पूर्पक्षका लागि थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । 

त्यसपश्चात् फरार भएका उनीहरु मध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *