इजरायलका लागि नेपाली राजदूतमा अन्जान शाक्य नियुक्त
२०७५ पुस १६ गते

पुस १६, काठमाडौं । इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छन् ।
सरकारले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी हुन् ।
null
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् ।
इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई नियुक्त गरिएको हो ।
राजदूत शाक्य प्रदेश ३ का नेकपा (तत्कालीन एमालेबाट निर्वाचित) का सांसद अजयक्रान्ति शाक्यका पत्नी हुन् ।
२०७५ पुस १६ गते
प्रतिक्रिया








