दरबारमार्ग प्रहरीले गर्यो रात्रिकालिन ब्यवसायीसँग अन्तरक्रिया

पुस ६, काठमाडौं । दरबारमार्ग क्षेत्रलाई शान्त र सुब्यवस्थित बनाउनका लागि प्रहरीले रात्रिकालिन ब्यवसायीसँग अन्तरक्रिया गरेको छ । आज दरबारमार्ग प्रहरी बृत्त कार्यालयमा सो क्षेत्रका रात्रिकालिन ब्यवसायीलाई बोलाएर डिएसपी दानबहादुर मल्लले अन्तरक्रिया गरेका हुन् ।  

समुदायमा समुदाय प्रहरी साझेदारी अन्तर्गत आयोजित अन्तरक्रियामा बोल्दै डिएसपी मल्लले दरबारमार्ग, ठमेल लगायत पर्यटकीय क्षेत्रमा ब्यवसायीले मर्यादित भएर ब्यवसाय सञ्चालन गरेको खण्डमा प्रहरी सदैव ब्यवसायीको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए ।  

 

null

उनले कतिपय क्षेत्रमा पर्यटकलाई ब्यवसायीले अनावश्यक दुखः दिने गुनासा बेलाबेलामा आइरहेको स्मरण गराउँदै सो क्षेत्रमा शान्ति सुब्यवस्था कायम गर्न ब्यवसायी र जनताको समेत प्रहरीलाई साथ र सहयोग चाहिने औल्याए ।  

मल्लले सो क्षेत्रमा ठगी, लुटपाट तथा बेश्याबृत्ति, होटल रेष्टुरेण्टमा हुने ओभरविलिङ जस्ता आपराधिक कृयाकलाप हुन नदिन प्रहरीले विशेष ध्यान दिइरहेको भन्दै प्रहरीको अभियानलाई सार्थक पुर्याउन ब्यवसायीले उत्तिकै साथ दिनुपर्ने जिकिर गरे ।  

सो क्षेत्रका ब्यवसायीले आफुहरुले कानुनको परिधी भित्र रहेर ब्यवसाय गरेको र कसैले कानुन विपरित काम गरे प्रहरीसँग समन्वय गरेर त्यस्ता ब्यवसायीलाई कानुनको दायरामा ल्याउन सहयोग र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । अन्तक्रियामा सो क्षेत्रका एक दर्जन ब्यवसायीको उपस्थिति रहेको थियो ।  

पछिल्लो समय नेपाल प्रहरीले समुन्नत र सभ्य समाज निर्माणको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । सो अन्र्तगत प्रहरीले विद्यालय, सामाजिक संघसंस्था मार्फत समाजमा अपराध कम गराउन विभिन्न जनचेतनामुलक कार्य गर्दै आइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *