विपन्न विद्यार्थी र रोगीलाई सहयोग गर्न अक्षय कोष

 

पुस ८, विराटनगर । विपन्न विद्यार्थी र रोगी व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले विराटनगरमा १७ लाखको अक्षयकोष स्थापना गरिएको छ । गौतम सेवा समितिको अगुवाईमा ‘भिष्मराज, हेमकला अक्षयकोष’ स्थापना गरिएको हो । 

धान्य पुर्णिमाको अवसरमा गौतम सेवा समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको विविध कार्यक्रमकाबीच सो अक्षयकोष स्थापना गरिएको हो । समाजसेवी भिष्मराज गौतमले कोष स्थापना गर्न आर्थिक सहयोग स्वरुप उपलब्ध गराइएको १७ लाख रकमको चेक गौतम सेवा समितिका अध्यक्ष रमादेवी गौतमलाई हस्तान्तरण गरे । 

null

विपन्न तथा मेधावी विद्यार्थी र विपन्नताकै कारण उपचार गराउन नसकेका व्यक्तिहरुलाई आवश्यकताको आधारमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको गौतम सेवा समितिका सदस्य सुभाष गौतमले जानकारी दिए । 

यसैबीच सोहि कार्यक्रमका बीच ९ जना जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको छ । सो क्रममा विराटनगरमा बसोबास गर्ने विभिन्न वडाका ८० बर्ष माथिका जेष्ठ नागरीकहरुलाई दोसल्ला र फुलमालाले सम्मान गरिएको आयोजक समितिले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *