विश्वविद्यालयको सम्बन्धन खारेज गर्न सुझाब, शिक्षामा गुणस्तर कायम हुन नसकेको ठहर

काठमाडौं। विश्वविद्यालय अनुदान आयोगले गठन गरेको अध्ययन समितिले २० वर्षभित्र विश्वविद्यालयले दिने सम्बन्धन खारेजी गर्न सुझाब दिएको छ । सम्बन्धन प्राप्त क्याम्पसका कारण समग्र उच्च शिक्षामा गुणस्तर कायम हुन नसकेको समितिको ठहर छ । 

विश्वविद्यालय सम्बन्धन व्यवस्था अध्ययन समितिले सम्बन्धन खारेजीका लागि पूर्वतयारी तथा पूर्वाधारहरू विकास गर्दै जान पहिलो नम्बरमै सुझाब दिएको छ । ‘यो व्यवस्था आगामी २० वर्ष अर्थात् २०९५ सालसम्ममा क्रमशः व्यवस्थित गर्ने, नभए खारेज गरिसक्नुपर्छ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘खारेजीका लागि सरकारी, निजी लगानी र नेपाल ट्रस्टको कोषबाट लगानी, राजनीतिक प्रतिबद्धता तथा अन्य सरोकारवालालगायतको सहयोग परिचालन गर्नुपर्छ । 

सम्बन्धन व्यवस्था लक्षित अवधिभित्र अन्त्य गर्न अहिलेदेखि नै पूर्वाधारको पूर्वतयारी गर्दै लैजानुपर्छ ।’ प्रा. उपेन्द्रबहादुर प्रधानांग संयोजक रहेको समितिले नेपाल ट्रस्टको कोषबाट सम्बन्धन व्यवस्था खारेज गर्न आवश्यक पूर्वाधारका लागि उचित रकम विनियोजन गर्नसमेत सुझाब दिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *