एन प्याब्सनले खेलकुद सप्ताह आयोजना गर्ने

काठमाडौँ। राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले साता व्यापि ‘दोस्रो एन प्याब्सन वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने भएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल प्रतिको अभिरुची, जागरुकता बढाउन, सीप विकासमा जोड दिन तथा ज्ञान र क्षमताको अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उद्धेश्य सहित खेलकुद सप्ताह आयोजना गर्न लागिएको हो । 

प्रतियोगिताको उद्घाटन आगामी पौष २ गते बिहान ११ बजे काठमाडौको टुडिखेलमा एक भव्य समारोहका बीच यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गर्ने आयोजकले जनाएको छ । बिहिबार संवाद चौतारीमा पत्रकार सम्म्मेलनको आयोजाना गरि नेशनल प्याव्सन काठमाडौँले साता व्यापि सञ्चालन हुने खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, टेवल टेनिस र क्रिक्रेट विधामा विभिन्न १०० विद्यालयका ३००० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने जनाएको छ । 

प्रतियोगितामा हरेक विद्यामा प्रथम , दितृय र तृतीय स्थान हासिल गर्ने टिमका खेलाडी विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *