नेपाल अाउँदैछ ओपोकाे आर १७ प्रो

मंसिर १९, काठमाडौं । चीनमा आर १७ र आर १७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले विश्वभर नै चर्चाको विषय बनेर रहेका छन् । नेपालमा पनि लामो समयदेखि उपभोक्ताहरु आर–सिरिज सार्वजनिक हुने पर्खाइमा छन् ।  

अब भने ओपोले नेपाली उपभोक्ताको आर सिरिज–चाहनालाई सम्बोधन गर्ने देखिएको छ । उपभोक्ताको ब्यापक मागलाई ध्यानमा राखि ओपोले चाँडै नै आर–सिरिज अन्तर्गत ओपो आर १७ प्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।  

ओपो नेपालले आफ्नो आधिकारिक सामाजिक सञ्जालका पेज मार्फत नेपालमा आर–सिरिज भित्रने जानकारी दिन थालेको छ । ओपोले चीनमा यसै बर्षको अगस्टमा ओपो आर १७ र आर १७ प्रो सार्वजनिक गरेको थियो । नेपालमा भने कम्पनीले आर १७ प्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।  

null

कम्पनीको प्रिमियम रेञ्जका रुपमा परिचित आर १७ प्रोको पछिल्तिर कम्पनीले तीन ओटा क्यामेराको प्रयोग गरेको छ । त्यसैगरी यसमा पानीको थोपा आकारको डिस्प्ले नोट्चका साथै ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ । ओपो नेपालले आधिकारिक रुपमा सार्वजनिक मितिको घोषणा भने गरिसकेको छैन । 

तथापी, डिसेम्बर महिनामै पर्ने क्रिसमस वा नयाँ बर्ष लक्षित गर्दै फोन सार्वजनिक गर्ने सम्भावना भने प्रबल रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *