छाउपडी प्रथा उन्मुलनका लागी सामुदायिक तथा संस्थागत विद्यालय संग अन्तरक्रिया

पुस ९, लम्की । कैलालीको लम्की चुहा नगरपालिकाले छाउपडी प्रथा उन्मुलनकालागि यस क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु सँग अन्तरक्रिया गरेको छ । सामाजिक कु–सँस्कारको रुपमा रहेको छाउपडी प्रथा उन्मलनका लागी सार्वजनिक गरिएको १ महिने कार्ययोजना अनुरुप आज शिक्षकहरुका बिच अन्तरक्रिया गरिएको हो । 

 

नगर प्रमुख महादेव बजगाईको अध्यक्षतामा भएको अन्तरक्रियामा बिशिष्ट अतिथी वडा नं.२ का वडा अध्यक्ष बिष्णु प्रसाद ढकाल रहेहा थिए । अन्तरक्रियामा सामुदायिक विद्यालयको तर्फबाट बोल्दै रुपलाल न्यौपानेले वर्षै देखि जरागाडेको प्रथालाई बिस्तारै अभियान चलाए छाउगोट सम्म मुक्त बनाउन सकिने बताएका थिए । 

null

चेतना स्तरको कुरा भएको हुँदा केही समय लागे पनि त्यसको उन्मुलन हुने विश्वास व्यक्त गरे । यो रुढीवादी परम्परा हो , यसलाई उन्मुलन गर्नका निमित्त विद्यालय क्षेत्र मात्र नभएर संघ संस्था, समाजिक अगुवाहरु हामी सबै मिलेर अगाडी बढ्नु पर्ने लम्की चुहा प्याव्सन समितीका गोबिन्द शाहले बताएका थिए । यो चुनौतीपूर्ण अभियान भएको हुँदा सबै तह तप्काले सहयोग गर्न नगर प्रमुख महादेव बजगाईले अह्वान गरे । 

जनचेतनाका लागी शिक्षक र विद्यार्थीहरुको पनि महत्वपुर्ण भुमिका हुने भएकोले अभियानलाई सफल बनाउन सहगोग गर्नका लागी अग्रह गरेका थिए । कार्यक्रममा लम्कीचुहा नगरपालिकाका श्रोत व्यक्ति टीकाराम जोशि लगायत नगर भित्रका सामुदायीक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो । भोली पौष ९ गते सोमबार नगर भित्र रहेका छाउगोटको तथ्याङ्क संकलन गरिने छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *