प्रभु बैंकका एकैपटक ७ वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा

मंसिर १९, काठमाडौं । प्रभु बैंकले देशका विभिन्न क्षेत्रमा एकै पटक ७ ओटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो । 

झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले आज देखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको छ । 

 

null

भन्सार विभागका महानिर्देशक तोयम रायाबाट एक समारोहका विच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर समुद्घाटन भयो । त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेन्सन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखज्यूहरुबाट समुद्घाटन भएको बैंकले जनाएको छ । 

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन जाने बताइएको छ । 

 

यसैगरी राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने देखिएको छ । यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *