नेपाल इण्डो प्यासिफिक स्ट्राटेजीको हिस्सा नबन्ने

 

पुस ८, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकामा नेपाल इन्डो प्यासिफिक स्ट्राटेजीको विषयमा नभइ  इन्डो प्यासिफिक क्षेत्रको विषयमा छलफल भएको बताएका छन् । 

हालै अमेरिकाको भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी दुई देशको सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भएको बताए। 

null

उनले अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग भएको वार्तामा नेपालको क्षेत्रीय वा विश्वव्यापी कुनै महत्वकांक्षा नभएको जानकारी गराएको बताए। अमेरिका र नेपाल मन्त्रीस्तरमा भएको छलफलपछि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र, खुला र समृद्धि इन्डो प्यासिफिकसहित उत्तर कोरियाबारे समेत छलफल भएको उल्लेख छ। 

ज्ञवालीका अनुसार कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भइरहेको अमेरिकी प्रयासबारे अमेरिकी विदेशमन्त्री पम्पेओसँग जानकारी लिइएको स्पष्ट पारे । 

सार्क र बिमस्टेकको बारेमा अमेरिकी पक्षको चासो रहेको उनको भनाइ थियो । भ्रमण सफल भएको दावी गर्दै ज्ञवालीले दुई मुलुकबीच १७ वर्षपछि विकासको ढोका खुलेको धारणा राखे ।  

भेटवार्ताका क्रममा उनले नेपालको शान्ति प्रक्रिया, पछिल्लो राजनीतिक विकासक्रम र वर्तमान सरकारका विकास प्राथमिकताहरुका सम्बन्धमा नेपालको धारणा राखेको उल्लेख गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *