मध्यभोटेकोसीको दोस्रो आईपीओ आजदेखि निष्कासन

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आज बुधबारदेखि दोस्रो साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । दोस्रो आईपीओ २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता रहेको छ । 

कुल १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ मध्ये कम्पनीले संस्थापक संगठित संस्थाका कर्मचारीलाई २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता र ऋणदाता कर्मचारी संचय कोषका कर्मचारीलाई ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । 

आईपीओ मंसिर २२ गतेसम्म वहाल रहेका कर्मचारीले भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम ५०० कित्तासम्म भर्न पाइने ग्लोबल आईएमइले जानकारी दिएको छ । 

null

३ बर्षसम्म बिक्री गर्न नपाइने (लकअप परियड) रहेको छ । सेयर चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड, सिन्धु इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, नेपाल अरनिको हाइड्रो कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोवावर लिमिटेडका सेयरधनीहरुले भर्न पाउनेछन् । 

कम्पनीले हाल सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ । आउदो सन् २०१९ मा आयोजन सम्पन्न गर्ने लक्ष्य छ । आउदो ३ वर्ष अर्थात आर्थिक वर्ष ०७८/७९ मा प्रतिसेयर आम्दानी बढेर २१ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ । चालु आर्थिक वर्षसम्म नोक्सानमा जाने कम्पनीले ३ वर्षमा नाफा २७ लाख ७४ हजार रुपैयाँ हुने कम्पनीको प्रक्षेपण छ । 

चालु आर्थिक वर्षमा प्रतिसेयर ०.१७ पैसा आगामी वर्ष १४ र ०७७/०७८ मा १७ रुपैयाँ ५७ पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ । साढे ७ वर्षमा कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने जानकारी दिएको छ । त्यसपछि लगानीकर्ताले राम्रो लाभांश पाउने छन् । 

केयर नेपाल लिमिटेडले केयर एनपी आईपीओ ग्रेड ४ दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *