स्तनपानको समयमा बच्चाको मृत्यु किन हुन्छ ? आमाको दुधले ?

 

मंसिर १७, काठमाडौँ । आमाको दुध बच्चाका लागि निकै तागतवर मानिन्छ । यसले बच्चालाई रोगसँग लड्ने क्षमता प्रदान गर्दछ । आमाको स्तनपान गर्नबाट बञ्चित बच्चाहरु लुला हुने तथा रोगसँग लड्ने क्षमता कम हुने अध्ययनले देखाउँछ । 

आमाको दुध त अत्यावश्यक छँदैछ तर कुनै बच्चाको मृत्यु पनि आमाको दुधबाटै हुन्छ, पत्याउनुहुन्छ ? कसरी ? तर यसको मुख्य कारण भने स्तनपान होइन, यसको तरिका हो । 

null

बच्चालाई स्तनपान गराउन आमाको पोजिसन पनि महत्वपूर्ण छ । स्तनपान गराउने भनेर मात्रै हुँदैन । हरेक कामको आफ्नै पोजिसन हुन्छ । हो, यसको पनि पोजिसन छ, जुन लागु नगर्दा बच्चाको ज्यान जान सक्छ । त्यसैले यस्ता कुरामा लापरवाही गर्नु हुँदैन । 

 

यदी स्तनपान गराउँदा आमाले लापरवाही गरेमा बच्चाको फूड पाइप (खाने नली) बाट दुध नगइ उसको विन्ड पाइप (सास नली) मा जान्छ र बच्चालाई श्वास लिन गाह्रो हुन्छ, श्वासमा अवरोध सृजना हुन्छ, जसले गर्दा बच्चाको मृत्यु हुन सक्छ । 

डेलिभरीपश्चात् हरेक आमालाई शिशुलाई सही तरिकाबाट स्तनपान गराउन सिकाइन्छ । आमालाई भनिन्छ कि, स्तनपान गराउने समयमा बच्चालाई कहिले पनि सिधा पोजिसनमा राख्नु हुँदैन । 

 

जब आमाले सुतेर दूध पिलाउँछिन् तब बच्चाको श्वासनलीमा दूध जान सक्ने सम्भावना प्रवल हुन्छ । 

यद्यपी आमालाई गर्भावस्थामा कुनै रोगको संक्रमण भएमा पनि पछि बच्चाको मृत्यु हुन सक्छ । 

 

के तपाईँ आरामदायी अवस्थामा हुनुहुन्छ ? स्तनपान गराउने समय आमाको स्थिति कम्फर्टेबल हुन जरुरी छ । 

के तपाईँको बच्चाको शिर र शरीर सिधा छ ? छ भने बच्चाको गर्धन, काँध र पीठमा आफ्नो हातको सहारा दिनुस् । 

स्तनपान गराउँदा बच्चातिर धेरै नझुक्नुहोस् । 

सबैभन्दा पहिले निप्पललाई बच्चाको नाक नजिक लैजानुहोस् र बच्चालाई कोशिस गर्न दिनुस् की उसले आफ्नो पुरा मुख खोलोस् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *