राइटपाथले क्रिसमस मनायो आमाघरमा

पुस ११, काठमाडौं । राइटपाथ करियर काउन्सेलिङ पुतली सडकले क्रिसमस तथा नयाँ वर्ष कालिमाटी स्थित आमा घरमा मनाएको छ । राइटपाथले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा आमाघरका २५ आमाहरुसँग क्रिसमसको खुसीयाली साटासाट गरेको हो । 

हिजो मंगलबार राइटपाथका संस्थापक कार्यकारी अधिकृत फिलिप डिसी सहितको टोलीले आमाघरमा आश्रित आमाहरुलाई क्रिसमसको शुभकामना आदान प्रदान गरेको थियो । 

 

null

क्रिसमसका दिन विभिन्न गिफ्टहरु सहित केक काट्न राइटपाथको टीम आमाघर आइपुग्दा त्यहाँ आश्रित आमाहरुको अनुहारमा खुसीयाली छाएको थियो । 

सामाजिक कार्य अन्र्तगत राइटपाथले आमाघरलाई ग्याँस सिलिण्डर, खाद्यान्न, मासु, खाजाका रुपमा भुजा, विस्कुट लगायत वितरण गरेको छ । उक्त अवसरमा बोल्दै आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठले बृद्धावस्थामा रहेका आमाहरुलाई पारिवारिक वातावरण सृजना गरिदिएर खुसी बाँडेको बताइन् । ‘अहिले धेरै घरपरिवारले बृद्ध आमाबुबाहरुलाई बोझको रुपमा लिने गरेका छन्, यसले भोली गएर समाजमा समेत नकारात्मक असर पुग्छ । बृृद्धबृद्धाहरु समाज र राष्ट्रका धरोहर भएकोले यीनको हेरविचारमा सबैले सहयोग गर्न आवश्यक छ ।’ उनले भनिन् । 

 

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राइटपाथका सिइओ डिसीले राइटपाथले विद्यार्थीलाई अवोर्ड स्टडीका लागि करियर काउन्सेलिङ गर्दै आएपनि समाज र राष्ट्रप्रति युवाहरुको योगदान आवश्यक छ भनेर सामाजिक काम गर्दै आएको बताए । ‘हामीले ब्यवसाय सञ्चालन गरिरहँदा यो समाज र राष्ट्रप्रति हाम्रो पनि कर्तब्य रहेको बुझेका छौं, यसैक्रममा विभिन्न समयमा सामाजिक काम गर्नेगरेका छौं । यस्ता कार्यले विद्यार्थीलाई पनि मानविय कार्य गर्नुपर्दछ भन्ने सोच विकास गर्न सहयोग पुग्ने विस्वास छ ।’ उनले भने । 

२ वर्ष अघि सञ्चालनमा आएको राइटपाथले काठमाडौं, चितवन तथा दाङबाट अष्ट्रेलिया, क्यानडा, न्यूजलेण्ड, युके, युएसए लगायतका देशका लागि शैक्षिक परामर्श र भाषा कक्षा सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *