मेलम्ची खानेपानी आयोजनाः इटालियन कम्पनीद्वारा ठेक्का रद्दको पत्र फिर्ता

 

पुस ९, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गरेर भाग्न खोजेको इटालियन कम्पनी सिएमसी पुनः काममा फर्किने भएको छ । 

गत आइतबार नै ठेक्का रद्द गरेर भाग्न खोजेका कर्मचारीलाई समातेर समिति र खानेपानी मन्त्रालयले सिएमसीको अढाइ अर्ब धरौटी रकम रोक्का राख्न बैंकलाई पत्रचार गरेपछि सिएमसी पुनः काममा फर्किने भएको हो । कम्पनीले आफ्नो पत्र फिर्ता लिइसकेको छ । 

null

सिएमसीका कर्मचारी शनिबार इटाली फर्केका छन्। क्रिसमस मनाएर फर्किने भनेपनि कुनै टुंगो नभएको स्रोतले बतायो ।गत आइतबार राति समातिएका उनीहरूको राहदानी बैंक धरौटी रोक्का गरेपछि फिर्ता दिइएको थियो। 

मेलम्चीमा सिएमसीको अढाइ अर्ब धरौटी रकम छ। त्यसबाहेक रहेका अन्य कारोबारको खाता पनि समितिले बन्द गरिसकेको छ। 

पुस २ गते क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर भाग्नका लागि काठमाडौं आएका मेलम्ची खानेपानी आयोजना प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित ८ जना विदेशी कर्मचारी समातिएका थिए । 

महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *