राज्यलाई कमजोर बनाएर परिणाम आउँदैनः मुख्यमन्त्री पोखरेल

 

मंसिर २६, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित नुहुने बताएका छन् । 

प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । 

null

उनले सरकार कमजोर हुँदा सङ्गठित जमातले नागरिकमाथि प्रभुत्व जमाउने र नागरिकका अधिकार कुण्ठित हुने विचार व्यक्त गर्दै सरकार सक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताए । ‘राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन । मौलिक हकको सुनिश्चितताको लागि सरकारलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबैले सोच्दा राम्रो हुन्छ’, पोखरेलले भने । 

विकासको प्रतिफल जनताले पाउन भन्नकै लागि प्रदेश सरकार लागिरहेको बताउँदै उनले जमीन नभएका कारण श्रम गर्न नपाएका नागरिकका लागि जमीन दिने कार्यक्रम ल्याएको दावी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *