नेवार समुदायले आज योमरी पुन्ही मनाउँदै, किरात समुदायको उधौली पर्व

काठमाडौं । नेवार समुदायले आज योमरी पुन्ही मनाउँदै छन् । धान्यपूर्णिका दिन मनाइने नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । 

योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो । नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । 

अण्डाकाररुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ । 

null

परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरुको अन्योन्याश्रित सम्बन्ध रहेको सन्दर्भ जोड्दै एक दशकअघि सरकारले ज्यापू दिवसको रुपमा पनि मान्यता दिएको थियो । 

यसैबीच किरात समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाइरहेका छन् । 

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसीयालीमा मनाइने चलन छ 

प्रकृतिपूजक किरात समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किरात समुदायले यो पर्व मनाउने गर्दछन् । 

विशेष गरी किरात राईको बसोबास रहेको पूर्वी पहाडि जिल्ला भोजपुर, धरान, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायत काठमाडौंमा यो पर्व मनाउने गरिन्छ । 

उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्क्याउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किरात समुदायका मानिस विभिन्न सोकवा साकेन्वा नाचेर यो पर्व मनाउने गर्दछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *