प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध ९ उजुरी, उजुरीकर्तासँग भोलि छलफल


पुस १२, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ९ वटा उजुरी परेको छ ।
संसदीय सुनुवाइ विशेष समितिमा जबराविरुद्ध ९ वटा उजुरी परेको हो । गत मंसिर २७ गते संवैधानिक परिषद् बैठकले जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेसँगै पुस २ गते
उजुरीमाथि छलफल गर्न समितिले शुक्रबार दिउँसो ३ बजे उजुरीकर्तालाई बोलाएको छ । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ विशेष समितिमा सनुवाइ हुनेछ।
null
संसदीय सुनुवाइ समितिले संवैधानिक समितिको सिफारिस स्वीकृत गरेमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ।
सर्वोच्च अदालतका न्यायाधीश जबरालाई गत मंसिर २७ गते बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै पुस २ गते १० दिने म्याद राखेर उनीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरिएको थियो ।
