निर्मला हत्या प्रकरणः अभियुक्त प्रदिप रावल हिरासतमुक्त

पुस ११, काठमाडौँ । निर्मला हत्या प्रकरण अन्तर्गत प्रहरीले केही साताअघि अभियुक्त बनाइ पक्राउ गरेका प्रदिप रावल निर्दोष सावित भएका छन् ।
यसअघि अभियुक्त बनाइएका विशाल चौधरी र रावलले आफूले हत्या गरेको स्वीकारेको प्रहरीले दाबी गरेको थियो । विशाल निर्दोष प्रमाणित भइ छुटिसकेका छन् ।
null
सार्वजनिक मुद्दा चलाइएका रावल भने बुधबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयको आदेशमा छुटेका हु्न्।
यता नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित अपराध अनुसन्धानका विज्ञ टोली कञ्चनपुरतर्फ प्रस्थान गरेको छ ।
कञ्चनपुर पुगेर टोलीले घटनास्थलको निरीक्षण गर्ने, निर्मलाका बाबुआमालाई भेट्ने र अहिलेसम्म भएका अनुसन्धानका आधारमा नयाँ शिराबाट अनुसन्धान सुरु गर्ने बताइएको छ ।
प्रहरीका अनुसार अनुसन्धान टोलीले नजिकै रहेको आर्मी ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानहरुमाथि अनुसन्धानबारे पनि टुंगो लगाउने छ ।








