एन आई सी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा शर्मा


मंसिर १७, काठमाडौं । एन आई सी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ शर्मालाई चयन गरेको छ ।
बैंकको आज बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्दै नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले विभिन्न बैंकहरु तथा यस एन आई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका निर्वाह गर्दै आएका थिए ।
null
नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने सँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएका छन् ।
नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले आजैका मितिमा पदभार ग्रहण समेत गरेका थिए । पदभार ग्रहण गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने बैंकको मूल नारालाई आत्मासाथ गर्दै संबृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय अभियानमा बैंकको तर्पmबाट उल्लेखनिय योगदान पुर्याउने बताएका थिए ।
एन आइ सी एशिया बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर करिब १४ लाख भन्दा बढि सेवाग्राहीहरुको बैंक बन्न सफल भएको छ ।
यसैगरी, जम्मा २६८ शाखा तथा २८१ एटीएमसहित देशकै सबैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकका नायब प्रमुख सुचना अधिकारी अर्जुन राज खनियाले जनाएका छन् ।
