अवैध मदिरा प्रहरीको नियन्त्रणमा

पुस ७, सप्तरी । अवैद्य रुपमा भारत निकासी हुँदै गरेको मदिरा र घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ शनिबार प्रहरी नियन्त्रणमा लिएको छ। सप्तरीवाट प्रहरीले अवैध मदिरा नियन्त्रणमा लिएको हो । 

अग्निसाई र कृष्णसवरण गाउँपालिका ४ बनौलीवाट केदारनाथ सरन, घनश्याम सरन, बसन्त सरन र मनोहर सरनको घरबाट २ लिटर तयारी मदिरा तथा ८ सय ५० लिटर मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिएको छ। 

यसैगरी, छिन्नमस्ता गाउँपालिका २ मोहनपुर र हनुमाननगर कंकालीनि नगरपालिका ९ स्थित दशगजा क्षेत्रवाट २५ हजार मूल्य बराबरको मदिरा नियन्त्रणमा लिइएको छ। विभिन्न नामका ७ सय ८४ बोतल (२४ कार्टुन) मदिरा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। 

null

मदिरा ओसारपसारमा संलग्न ब्यक्ति फरार छन्। घरेलु मदिरा नष्ट गरिएको र अन्य सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *