आत्मघाती हमलामा २८ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित एक सरकारी कार्यालयमा भएको आत्मघाती हमलामा कम्तिमा २८ जनाको मृत्यु भएको छ । 

मारिनेमा प्रहरी अधिकारीसमेत परेका छन् । प्रहरीले गरेको जवाफी कारबाहीमा तीन जना आक्रमणकारीकोसमेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 

काबुलस्थित नागरिक निर्माण (पब्लिक वक्र्स) मन्त्रालयको परिसरमा आत्मघाती हमला भएको हो । घटनामा २० जना घाइते भएका छन् ।आत्मघाती हमलाकारीहरुले सबैभन्दा पहिला मन्त्रालयको प्रवेशद्वार नजिकै कार बम विस्फोट गराएका थिए । 

null

त्यसपछि बन्दुकधारीहरुले कार्यालयभित्रै पसेर गोली चलाएको अधिकारीहरुले जनाएका छन् ।आत्मघाती हमला भएका बेला कार्यालयभित्र सयौं कर्मचारी रहेको बताइएको छ । उनीहरु कोही कार्यालयभित्रै लुकेका थिए भने कोही भागेका थिए । 

आक्रमणमा परेर मृत्यु भएका र घाइते भएकाहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । यसअघि अफगानिस्तानमा यस्ता आक्रमणका घटना इस्लामिक स्टेट र तालिवानले गर्ने गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *