निर्मलाका बुबाको हत्या गर्ने षडयन्त्र !

मंसिर ९, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तका बुवाले असामान्य व्यवहार देखाउन थालेका छन् ।
छोरीका न्यायका लागि लड्दा लड्दै उनीमा शारीरिक सँगै मानसिक समस्या देखिन थालेको छ । १ हप्ता अघिदेखि छोरीका न्यायका लागि सरकारलाई दबाब दिन धर्नामा बसेका यज्ञराजमाथि नै हत्याको प्रपञ्च रचिएको आशंका गरिएको छ ।
छोरीको हत्यारालाई कारवाहीको माग राख्दै धर्नामा बसेका यज्ञराजले धर्नास्थलमा बर्बराउने, अधिकारकर्मीहरुलाई समेत तथानाम गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका छन् ।
null
उनको मानसिक स्थिति डिप्रेशन र चिन्ताले गर्दा बिग्रिएको अड्कलबाजी लगाएतापनि अधिकारकर्मीहरुले भने यसलाई यज्ञराजको हत्या गर्ने प्रपञ्च रचिएको बताएका छन् ।
न्यायका खोजीमा धर्नामा रहेका यज्ञराजको हत्या गर्ने प्रपञ्च रचिएको तथा कञ्चनपुरलाई फेरि रणभूमितर्फ उन्मुख गराउने षड्यन्त्र रहेको पत्रकार सम्मेलनमार्फत् अधिकारकर्मी माया नेगीले बताईन् ।
‘यज्ञराजले अस्वभाविक व्यवहार गर्न सुरु गरेको दिन उनको खल्तीमा विषादी पदार्थ भेटियो’, उनले भनिन्, ‘धर्नामा बसेका यज्ञराजको गोजीमा कहाँबाट आयो विष ? यस विषयमा छानविन हुनुपर्छ ।’
यस्तै दबाबमुलक सघर्ष समितिका एक सदस्य भुवनेश्वरी रावलले कसैले खानामा विषादी हालिदिएका कारण निर्मलाका बुवामा यस्तो समस्या आएको दाबी गरिन् ।
यता निर्मलाका बाबु यज्ञराज पन्तको मानसिक स्थिति थप बिग्रदैँ गएपछि उनलाई काठमाडौँ ल्याइएको छ ।
उनलाई शनिबार जहाजबाट काठमाडौँ ल्याउन खोज्दा पनि धनगढी विमानस्थलमा असामान्य व्यवहार देखाएपछि उडानका लागि योग्य नरहेको भन्दै रोकिएको थियो ।
विमानले उनलाई लैजान नमानेपछि शनिबार राति निजी गाडी मार्फत् काठमाडौँ ल्याइएको हो ।








