डडेल्धुरामा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, २५ घाइते

डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलमा बिहिबार साँझ स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ  भने २५ जना घाइते भएका छन्। 

उग्रतारा मेला हेरेर डडेल्धुराबाट डोटी फर्किने क्रममा बेलुकी ५:४० बजे डोटीस्थित पिसजोन एकेडेमीको स्कुल बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर केसीले जानकारी दिए। 

उद्धार गरिएका घाइतेहरुको अहिले उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले तीन वटै सुरक्षा निकाय र स्थानीय बासिन्दा उद्धार कार्यमा खटेका छन्। बस सडकबाट ३०० मिटर तल खोलामा खसेको छ। 

null

ओभरलोडका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान भए पनि बिस्तृत जानकारी भने आउन बाँकी नै छ। बसमा सवार यात्रुको संख्या यकिन हुन बाँकी छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *