पौडेल समूहको बैठक सुजाता निवासमा

कात्तिक २६, काठमाडौँ । नेपाली काँग्रेसमा संस्थापन पक्षसँग असन्तुष्ट नेताहरुको समूहले छुट्टै बैठक बसेका छन् । 

विजयकुमार गच्छादारलाई उपसभापति बनाएपछि असन्तुष्ट बनेका काँग्रेस नेता समूहले सुजाता कोइरालाको निवासमा छुट्टै बैठक बसेका हुन् । 

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा रहेका काँग्रेसका प्रभावशाली नेताहरुः वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत लगायत सोमबार मण्डिखाटारस्थित सुजाता निवासमा छलफलमा जुटेका हुन् । 

null

पौडेल पक्षले विधानमै नभएको दुईजना उपसभापति मनोनित गर्न नहुने अडान राखे पछि राजनीतिक आवश्यकता भन्दै सभापति शेरबहादुर देउवाले गच्छादारलाई उपसभापति मनोनित गरेका थिए । 

यस विषयमा सभापति देउवाले कसैसँग छलफल नगरी निर्णय लिएको भन्दै असन्तुष्ट नेताहरुले आपत्ति जनाउँदै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *