यी गीतहरू अझै तिहारमा सदावहार छन्

कात्तिक २१, काठमाडाैं । अाज तिहारकाे तेस्राे दिन अर्थात गार्इपुजा, अनी लक्ष्मी पुजा । विहान घरघरमा धन र एेश्वर्यकी प्रतिक लक्ष्मी माताकाे स्वरूपमा गार्इकाे पुजा गरिन्छ भने, बेलुकी लक्ष्मी माताकाे अाराधना गर्दै पुजाअाजा गरिन्छ । अाजकै दिन महिला दिदिबहिनीहरूले लक्ष्मी पुजा गरेपछि भैलाे खेल्ने प्रचलन छ ।
तिहारकाे प्रसंगमा नेपाली सांगितिक क्षेत्रमा दर्जनाैं सदावहार गीत बनेका छन् । तिहारलार्इ प्रकृति, दाजुभार्इ दिदिबहिनी विचकाे अात्मियताका रूपमा लिइने गरिन्छ । त्यसैले नेपाली सांगितिक अाकाशमा तिहारलार्इ नै लक्षित गरेर गीत संगित सृजना गर्ने गरिएकाे छ ।
तिहारकै सन्दर्भमा अाज हामी तिहारसँग जाेडिएर बनेकाे केहि सदावहार गीत संगितकाे कुरा गर्दैछाैं।
null
चलचित्र स्वर्गमा गायिका लाेचन भट्टरार्इले गाएकाे ‘भैलिनी अाइन अाँगन’ बाेलकाे गीत संभवतः तिहारका लागि बनार्इएकाे सबैभन्दा सदावहार गीत हाे । माैलिक शब्द रचना, लाेचन भट्टरार्इकाे जादुमयी स्वर, लाेकलयकाे संगितले याे गीत अहिलेसम्म तिहारमा सबैभन्दा बढि प्रयाेगमा अाएकाे गीत हाे । यसमा नायिका गाैरी मल्लले अाकर्षक नृत्य गरेकी छन् । लक्ष्मी पुजाकाे दिन महिलाहरू भैली खेल्न घरघर जाँदा गीत गाएकाे देखार्इएकाे छ । अहिले पनि भैली वा देउसी खेल्ने क्रममा सुरूमा यहि गीतमा नृत्य गर्ने गरिन्छ ।
सदावहार भारतीय गायिका अाशा भाेस्लेले चलचित्र अन्यायका लागि गाएकाे एउटा गीत छ , ‘दियाे बाली पुजाकाे’ याे गीतले लक्ष्मी पुजाकाे महत्वलार्इ प्रष्टयाएकाे छ । तिहारमा लक्ष्मीकाे पुजाअाजा गर्दा उनी प्रसंन्नन भर्इ धन्यधान्य र सुख शान्तिले भरिपूर्ण पारिदिन्छिन् भन्ने मान्यता अनुसार गीतलार्इ लक्ष्मीकाे अनुष्ठान गरिएकाे छ । याे गीत पनि हरेक वर्ष अाउने तिहारमा बढि बजार्इने गीत हाे । यसमा कलाकार सुभद्रा प्याकुरेलले अभिनय गरेकी छिन् ।
दाजुबहिनीकाे प्रेमलार्इ उदाहरणीय रूपमा प्रस्तुत गर्ने गीत हाे, चलचित्र विजय पराजयकाे याे गीत । भार्इटिकामा बहिनीले अाफ्ना दाजुभार्इलार्इ टीका लगाउँदै गर्दा गार्इएकाे याे गीतले तिहारकाे भार्इटीकाकाे महत्वलार्इ प्रस्तुत गरेकाे छ । संभुजित बांस्काेटाकाे संगीतमा हेमलताले गाएकाे याे गीत अहिलेपनि तिहारमा गुन्जिने गरेकाे छ । गीतमा रूपा राना, कृष्ण मल्ल र भुवन केसीकाे अभिनय छ ।
अरूण उपत्यका पूर्वेली लाेकभाकालार्इ उत्थान गर्ने समुह हाे । यसले तिहारकै लागि भनेर दर्जनाै गीत गाएकाे छ । नविन खड्का, पुस्तका खड्का, बलराम समाल, अन्जना गुरूङले गाएका लाेक भाकाका दर्जनाै गीतहरू अहिले पनि पहाडी भेगमा उत्तिकै चर्चामा छन् ।
तिहारकै लागि गार्इएका लाेक पप गीतहरू पनि छन्, गायक राजु लामाले गाएकाे ‘भार्इटिकामा भेट्न अाउला’बाेलकाे गीतले विवाह गरी परार्इ घर जान जागेकी वहिनीलार्इ फकाएकाे कथा छ । विवाहकाे मण्डपमा बहिनी रूँदा गीत मार्फत फकार्इएकाे छ । लाेकपप लयमा रचिएकाे याे गीत अहिलेपनि चर्चामा छ ।
चलचित्र अाफ्नाे मान्छेकाे ‘तिज र तिहार अाउँदामा’ बाेलकाे गीतले चेली र मार्इतीकाे कथा बुनेकाे छ । विवाहकाे मण्डपबाट बहिनी पराया घर गएकाे बेला दाजुभार्इले गाएकाे याे गीत जिवन्त छ । दशैं अगाडी अाउने तिज र तिहारमा छाेरी चेली र माइतीकाे मिलन हुने भएकाेले कारणवस भेट हुन नसकेका माइती र चेलीविचकाे अात्मियता याे गीतका शब्द संगीतले बाेकेका छन् ।
आफ्नै मौलिकतामा ढालेर गार्इएका गीत संगित पछिल्लो समय युवा पुस्ताहरुले निकै रुचिका साथ गाउने गरेको पाईन्छ । दिपावलीलाई लक्षित गरेर अहिले विभिन्न युवापुस्ताले आफ्नो ठाँउ विशेषका भाकाहरुलाई तिहारका पर्वसँग मिल्ने गीत गाउने, नाच्ने गर्दछन् ।
चाडपर्वलाई मध्यनजर गर्दै स्थापित कलाकारहरु सुगम पोखरेल, अन्जु पन्त, प्रमोद खरेल, सिन्धु मल्ल लगायत नयाँ पुस्ताका कलाकारले पनि गीत निकाल्ने गरेका छन् ।








