‘बीपीको विद्रोह’ – देश बुझ्ने नेताको खाँचो छ

काठमाडौं । पत्रकार जगत नेपालको खोजमूलक तथा अनुसन्धानात्मक कृति ‘बीपीको विद्रोह’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुस्तक लोकार्पण गरे ।   

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक डा. हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा. ज्ञानु पाण्डेलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए ।   

पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो । प्रकाशन गृहको पहिलो पुस्तकसमेत रहेको कृतिमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबारे सूक्ष्म अध्ययन र स्थूल वर्णन गरिएको छ । 

null

प्रजातान्त्रिक समाजवादका प्रवत्र्तक एवम् राजनेताको छवि बनाएका बीपीका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई नेपालले पुस्तकमा समेटेका छन् । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहका क्रममा उनले झेल्नुपरेका अनेक संकटको मिहीन ढंगले विवेचना गरिएको छ ।  

नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैलीका प्रवत्र्तक समेत मानिएका बीपीका आफ्नै आत्मपरक कृति (आफ्नो कथा र जेल जर्नल) पनि प्रकाशित छन् । ‘बीपीको विद्रोह’ पुस्तकमा बीपी स्वयम्ले उजागर नगरेका वा उजागर गर्न बाँकी रहेका तथ्यहरुलाई एकत्रित गरेर चिरफार गर्ने प्रयास गरिएको लेखक नेपालले बताएका छन् । पुस्तकमा बीपीको विद्रोही चेतबारे उनका समकालीन तथा अनुज पुस्ताका नेताको विचारसमेत अटाएको छ । 

पुस्तकको पूर्वराष्ट्रपति डा. रामवरण यादवले विमोचन गर्दै नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताए । उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो रहेको आवश्यकता आँैल्याएका हुन् ।डा. यादवले हिमाल, पहाड र तराईलाई जोड्ने कुनै पार्टीमा नेता नदेखिएकाले यसतर्फ गम्भीर बन्न राजनीतिक नेतृत्वलाई आग्रह गर्दै विभेदको राजनीति अन्त्य गर्नसमेत राजनीतिक नेतृत्वलाई सुझाव दिए । 

 

गुट उपगुटको राजनीतिमा नेता डुबेको छ, उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको विकासका लागि नेतृत्व सकारात्मक हुनुपर्छ, आफ्नो छवि सुधार्न तथा हिमाल, पहाड र तराईलाई जोडेर समुन्नत नेपाल बनाउनमा सबै राजनीतिक दल लाग्नुपर्छ ।’ 

पूर्वराष्ट्रपति डा. यादवले बिपीको विद्रोह पुस्तकले ००७ देखि ०३७ सम्मको विवरण प्रस्तुत गरेको उल्लेख गर्दै बिपीलाई प्रजातान्त्रिक योद्धा र बहुआयामिक व्यक्तित्वको संज्ञा दिए । एक प्रसंग कोट्याउँदै उनले सेना जनताका प्रतिनिधिको मातहतमा रहनुपर्ने कुरा तथ्यपरक रहेको बताए । 

नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बिपीको आदर्शबाट नै आफू विद्रोहमा लागेको बताउँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपीको प्रेरणा जोडिएको बताए । ‘बिपीलाई सानो घेरामा राख्नुहुँदैन, उनले भने, ‘बिपीको चेतना एउटा युगको चेतना हो, नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने तथा समाज र परिस्थिति हेरेर नीति लिनसक्ने व्यक्ति बिपी हुनुहुन्थ्यो ।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक डा. भट्टराईले बिपीले अधुरो छाडेको काम संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर गिरिजाप्रसाद कोइरालाले पूरा गरेको बताए । 

पुस्तकबारे टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले बिपी सामाजिक, राजनीतिक दर्शक, साहित्य, कला, शिक्षा क्षेत्रका बहुआयामिक व्यक्तित्व रहेको धारणा व्यक्त गरे । समालोचक डा. ज्ञानु पाण्डेले बिपीमा आफूप्रति इमानदार हुनुपर्छ भन्ने दर्शन रहेको उल्लेख गर्दै विद्रोहको दर्शनको मुख्य अभिव्यक्ति नै दायित्व बोध भएको बताइन् । 

विद्रोहका लागि विद्रोह नभई देश, जनता र समाजका लागि विद्रोह गर्ने व्यक्ति बिपी कोइराला भएको बताउँदै उनले बिपीको सार्थक क्रियाकलापको दृष्टान्तलाई पुस्तकमा सुन्दर ढंगले प्रस्तुत गरिएको धारणा राखिन् । ‘प्रजातान्त्रिक आन्दोलनको इतिहासको केन्द्रबिन्दुमा बिपीलाई राखेर विद्रोहको सन्दर्भ पुस्तकमा छ, यो इतिहासको किताब हो, तर साहित्यक छ’, पाण्डेले भनिन् । 

राजनीतिक विश्लेषक हरि शर्माले बिपीका जीवन संघर्ष पुस्तकले उजागर गरेको उल्लेख गर्दै पुस्तकले बिपीलाई राजनीतिक रूपमा विद्रोही स्थापित गरेको भए पनि उनी सामाजिक रूपमा पनि विद्रोही भएको बताए । क्रान्तिलाई पारदर्शी बनाउने नेताको रूपमा बिपीलाई चित्रण गर्दै उनले तस्बिर दिमागमा आउने गरी संवादको शैलीमा किताब बगेको टिप्पणी गरे । 

पुस्तकका लेखक जगत नेपालले विभिन्न व्यक्तिले दिएको महत्वपूर्ण सूचनालाई समेत पुस्तकमा समावेश गरेको बताउँदै बिपीको विद्रोही भागमा पुस्तक केन्द्रित भएको धारणा व्यक्त गरे । 

सञ्चारकर्मी प्रतीक प्रधानले प्रकाशनमा पनि उपस्थिति जनाउने चाहनास्वरूप पुस्तकको प्रकाशन थालेको बताउँदै विशेष गरी पत्रकारितासँग सम्बन्धित खोजीका र बौद्धिक ज्ञानका पुस्तक प्रकाशन गर्दै जाने जानकारी दिए । पुस्तकमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाबारे सूक्ष्म अध्ययन, स्थूल वर्णन गरिएको छ । प्रजातान्त्रिक समाजवादका प्रवर्तक एवं नेता बिपी कोइरालाका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई नेपालले पुस्तकमा समेटेका छन् । 

त्यस्तै, पुस्तकमा नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बिपीले गरेको संघर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहको आयातनको मिहीन ढंगले विवेचना गरिएको छ । नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैलीका प्रवर्तक समेत मानिएका बीपीका आफ्नै आत्मपरक कृति (आफ्नो कथा र जेल जर्नल ) पनि प्रकाशित छन् । तर, नेपालले बिपी स्वयंले उजागर नगरेका र उजागर गर्न बाँकी रहेका छिरलिएका तथ्यलाई एकत्रित गरेर आफ्नै आँखाले हेर्ने प्रयत्न गरेका छन् । 

त्यस्तै, समकालीन नेताको आँखाबाट बिपीलाई ठम्याउने प्रयत्नसमेत गरेका छन् । बिपीबारे लामो समयदेखि खोज, अध्ययन, अन्वेषण गर्दै आएका सर्जक नेपालका ‘पहिलो संसद– बिपी महेन्द्र टकराव’ ‘आफ्नै कुरा, गिरिजाप्रसाद कोइरालाको जीवनी’, ‘सदन,सत्ता र सडकमा नेपाली कांग्रेस’ लगायत पुस्तक प्रकाशित छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *