सेयर लगानीकर्ताकाे जन्मियाे अर्काे संस्था, भाेली किन जाँदैछन् बाेर्ड ?

मंसिर १३, काठमाडाैं । शेयरवालाहरूका हक अधिकार संस्थागत गर्न भन्दै चार वटा संगठन भएपनि तिनीहरूले माखाे नमारेपछि पुनः अर्काे संस्था जन्मिने भएकाे छ । 

शेयर बजारका स्वतन्त्र लगानीकर्ताहरूले स्वतन्त्र लगानीकर्ता दबाब समूह गठन गरेर भोलि मंसिर १४ गते शुक्रबार नेपाल धितोपत्र बोर्डमा शेयर बजार सुधार र बिस्तारका लागि दवाव समेत दिने भएका छन् । यसका लागि उनिहरूले भाेली बाेर्डमा मागपत्र बुझाउने भएका छन् । 

समूहका तर्फबाट हरि ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिहान साढे १० बजे जावलाखेलस्थित बोर्डको कार्यालयमा मागपत्र बुझाउने कार्यक्रम तय भएको बतार्इएकाे छ । 

null

पूँजी बजार सुधार र बिस्तार गरी लाखौं लगानीकर्ताको सम्पति सुरक्षा गर्न दबाब दिनु नै स्वतन्त्र सेयर लगानीकर्ताहरुको कार्यक्रमको लक्ष्य भएको ढकालले टेलिफोन सम्पर्कमा बताए । 

गत मङ्सिर १० गते चार वटा लगानीकर्ता संघहरुले पूर्ण अनलाईन कारोबार प्रणालीका बिषयमा नेपाल स्टक एक्सचेन्जमा कोणसभा कार्यक्रम गरी मंसिर २३ गतेदेखि अनलाईनको युजरनेम र पासवर्ड वितरण गर्न नेप्सेलाई बाध्य पारेका थिए । 

यो २०७५ साल मंसिर १० गते नेपाल स्टक एक्सचेन्जमा शेयर बजारका आम लगानीकर्ताहरुका तर्फबाट प्रदर्शन भएको शक्तिलाई सही ढंगले प्रयोग गर्दै बजारको सुधार तथा बिस्तारमा लाग्न चाहनेहरुको साझा स्थल हो । 

तथापि, याे समुहले पनि लगानीकर्ताहरूकाे हक अधिकार संस्थागत गर्न काम गर्ला र भन्ने विश्वास गरिहाल्ने अवस्था चाहिँ छैन । यस अघि नै चार संस्था चलायमान भएकाे अवस्था छ । 

उनिहरूकाे काम बेलाबेला विज्ञप्ति जारी गर्ने, दशैं तिहार र नयाँ वर्षमा शुभकामना दिने तथा कहिले काँही नेप्सेका पदाधिकारी र अर्थमन्त्रीसँग वार्ता गरेकाे नाटक गर्दै सेल्फी खिच्ने वाहेकका काम गरेकाे देखिएकाे छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *