भक्तपुरः घरमा आगलागी हुँदा एकै परिवारका तीन जना घाइते

२०७५ कार्तिक १८ गते

कात्तिक १८, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् ।
घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् ।
घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।
null

२०७५ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित