एमएमबि बैंकले कति लाभांश प्रस्ताब गर्दैछ ?

मंसिर ७, काठमाडौं । एनएमबि बैंकले गत आर्थिक बर्षको कमाईबाट आकर्षक लाभांश प्रस्ताब गरेको छ। बैंकको बुधबार अबेर गरि बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस र २० प्रतिशत नगद गरि ३० प्रतिशत लाभांश प्रस्ताब गरेको जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

बैंकले केहि समय अघि मात्रै अघिल्लो आर्थिक बर्षको कमाईबाट एफपीओले समेत पाउनेगरि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बैंकका सेयरधनीहरुले छोटो अवधिमै दुई पटक लाभांश प्राप्त गर्ने मौका पाएका छन। 

null

३० प्रतिशत लाभांश प्रस्ताब पारित भए पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ७४ करोडबाट ९ अर्ब ६१ करोड पुग्नेछ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४९ करोड २४ लाख बितरणयोग्य खुद मुनाफा आर्जन गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *