ग्रामीण भेगमा बैंकिङ्ग सेवा पुर्याउदै सिद्धार्थ बैंक धरान शाखा

धरान । हिजो शनिबार बैंक बिदा भए तापनी सिद्धार्थ बैंक धरान शाखाका शाखा प्रबन्धक दीपक कुमार थापा लगायतका टिम साबिक धरान २३ हाल धरान ६ पानमारीका घरघरमा गएर सेयरको डिम्याट खाता , सि आस्वा प्रणाली ,बैन्किङ्ग चेतना र सेवा लगायतका जानकारी दिने हेतुले खटिएका थिए । 

धरान ६ स्थित पानमारीका कपडा पसल ,वर्कसप, भाडापसल, होटल , सर्वसाधारणका दैलो दैलोमा गएर सेवा र सचेतता फैलाउन बिदाको दिन पनि सदुपयोग गरेको शाखा प्रबन्धक थापाको भनाई छ । गाउँघरमा महङ्गो व्याजदरमा रिन लिएर व्यवसाय गर्न भन्दा सिद्धार्थ बैंकले सर्वसुलभ ब्याजका दरले दिइरहेको र बचतमा ७ प्रतिशतसम्म ब्याज प्रदान गरिएको थापाले सो ठाउँमा रहेका व्यापारी र सर्वसाधारणलाई बुझाईएको थियो । 

एक मोटरसाइकल वर्कसपमा बैन्किङ्ग कारोबार गर्दा आफ्नो व्यवसायको स्तरमै परिवर्तन हुने र सहजताका लागि सहयोग पुग्ने थापाले दाबी गरे । सिद्धार्थ बैंक धरानको टोली मोरङ्गको केराबारी गाउँपालिका अन्तर्गत डागी भन्ने ठाउँमा जादा त्यहाँ न कुनै सहकारी न कुनै बैंकका शाखा नपुगेको देखेर शाखा प्रबन्धक थापाले बैंकको शाखा खोल्न पहल गरिने त्यहाँका स्थानीय बासिन्दाहरुलाई आश्वासन दिएका थिए । 

null

सोही ठाउँमा प्रत्येक घरबाट एक व्यक्ति कोरिया गएको र बचतका लागि कुनै बैंक नभएकोमा दुखेसो गाउँ लेहरुले दुखेसो पोखे । डागीमा हार्ड्वेयर ,किराना पसल संचालक ,कृषकहरुलाई आवश्यक पर्ने ऋण र बचतका लागि बैंकको शाखा आवश्यक रहेको सोही व्यवसायी गरिरहेका व्यक्तीहरुले माग गरेका थिए । 

पछिल्लो समयमा बैंकहरुले सबै स्थानीय तहमा बैंक शाखा पुर्याउनु पर्ने नीति रहेको र अझै पनि पुर्वाधारको अभावमा केही कठिनाइहरुका कारणले गाउँ गाउँमा बैंक नपुगेको जानकारहरुको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *