म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी काठमाडौँमा

 

मंसिर १३, काठमाडौँ । म्यानमारकी नेतृ आङ साङ सूकी काठमाडौँ आइपुगेकी छन् । 

काठमाडौंको बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म सम्मेलन आयोजना हुने एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुनका लागि केही समयअघि उनी काठमाडौँ आएकी हुन् । 

null

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सूकीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए भने नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो । 

 

बिहीबार नै कम्बोडियाका प्रधानमन्त्री समादेक अका मोहा सेना पादेई टेको हुन सेन पनि नेपाल आउँदैछन् । 

यसै सम्मलेनलाई लक्षित गर्दै मंसिर आजदेखि मंसिर १६ गतेसम्म काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरिएको छ । विदेशी पाहुनाहरुको सुरक्षा व्यवस्था सुदृढ पार्न यस्तो प्रणाली लागु गरिएको हो । 

 

जोर विजोर प्रणालीले भने यता यात्रुले सास्ती खेप्नु परेको छ । गन्तव्यमा पुग्न घन्टौँ सम्म कुर्नुपर्ने भएको छ । 

नेपाल भ्रमणका क्रममा सूकीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतसँग द्वीपक्षीय सम्बन्ध तथा साझेदारीका विषयमा छलफल गर्नेछिन् । 

प्यासिफिक समिटको सहआयोजकमा इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टेरियन्स फर पिस र इन्टरनेसनल कन्फ्रेन्स् अफ एसियन पोलिटिकल पार्टी ९आइक्याप० रहेका छन्। आइक्यापमा नेपालको तर्फबाट झलनाथ खनाल र सुजाता कोइराला स्थायी कमिटी सदस्य छन्। 

सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । आयोजकका अनुसार सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ । 

दोस्रो सत्रमा भने शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिका, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *