जात्रामा गएको बस दुर्घटनाः एक भारतीयको मृत्यु, १८ जना घाइते

मंसिर ७, दार्चुला । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गएराति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो । 

अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए । 

बस सडकबाट ३०० मिटर तल खसेको थियो । बसमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । 

null

दुर्घटनामा परी उत्तराखण्ड भारत अस्कोटका ४५ वर्षीय अनिल पालको मृत्यु भएको छ भने अन्य १८ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा लेकम गाउँपालिका–४ खरकडाका २८ वर्षीया लक्ष्मी कुँवर, २५ वर्षीय दौलत कुँवर, २५ वर्षीया लक्ष्मी कँवर, मालिकार्जुन गाउँपालिका–८ का १५ वर्षीय भुपेन्द्रसिंह धामी, २८ वर्षीय गणेशसिह धामी, लेकम गाउँपालिका–४ का ३३ वर्षीय रामसिंह बस्नेत, जानकी बस्नेत, लेकम–५ का ३२ वर्षीय नरेश बोहरा, मालिकार्जुन–८ का नगेन्द्र पन्त, १३ वर्षीय लक्ष्मण पन्त, ३५ वर्षीय गोपालसिंह धामी, २४ वर्षीय चन्द्र पन्त रहेको प्रहरीले जनाएको छ । 

यसैगरी अपी हिमाल गाउँपालिका–६ का २५ वर्षीय मङ्गल महता, मालिकार्जुन–८ का रमेश धामी, ३० वर्षीय हिरेन्द्र धामी र मृतक अनिल पालकी श्रीमती घाइते भएको प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो । घटनामा सात जना गम्भीर घाइते भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *