लागु औषध तीन व्यक्ति सहित पक्राउ

मंसिर १३, काठमाडौँ । थानकोट प्रहरीले उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गाबाट लागु औषध सहित तीन व्यक्तिलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाव नागढुंगाका बाट खटिएका प्रहरीले नाकामा नियमित चेकजाच गर्ने क्रममा राजु दाहाल, अजय लिम्बु र बिजय राइ लाई पक्राउ गरेको हो । 

बिशेष सुचनाको आधारमा बिर्तामोड झापाबाट काठमाण्डौ आइरहेको यात्रुबाहक बस चेकजाँच गर्दा जिल्ला झापा कनकाइ नगरपालिका वडा नं ४ घर भएका राजु दाहालको साथबाट ८० एम्पुल र्नफिन ,८० एम्पुल डाइजेपाम ,८० एम्पुल फेनार्गन तथा २ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । 

null

त्यसैगरी प्रहरीले अनुसन्धानको सिलसिलामा जिल्ला ललितपुर महानगरपालिका १४ ताल्छिखेल बस्ने अजय लिम्बु तथा ललितपुर सुनाकोठी बस्ने बिजय राई समेतलाइ पक्राउ गरेको छ । 

तिनै जनालाइ लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान प्रकृया शुरु गरिएको थानकोट प्रहरी बृत्त थानकोटका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *