जम्मु कश्मिरमा राजनीतिक संकट, विधानसभा भंग

भारत जम्मुकश्मिरमा विधानसभा भंग भएको छ। जम्मुकश्मिरका राज्यपाल सत्यपाल मलिकले नयाँ सरकार गठन गर्ने प्रयास विफल भएपछि विधानसभा भंग गरेको जानकारी दिए। 

जुनमा पीडीपी र बीजेपी गठबन्धनको सरकार ढलेपछि नयाँ सरकार बन्ने अपेक्षामा विधानसभा चालु रहेको थियो। बुधबार दिनभर पीडीपी, एनसी, कांग्रेस गठबन्धन र पिपुल्स पार्टीले आ–आफ्नो सरकार बनाउने दाबी गरेका थिए। विधानसभा भंगको सूचना जारी गर्दै राज्यपाल मलिकले कानुनअनुसार विधानसभा भंग गरेको बताए। 

यसलगत्तै जम्मुकश्मिरका पूर्व मुख्यमन्त्री महबुवा मुफ्तीले आफूले पाँच महिनादेखि विधानसभा भंग गर्न गरेको आग्रह कसैले नसुनेको तर अहिले गठबन्धन बनाउने योजना सुरु गर्दाबित्तिकै भंग गरेको भन्दै आपत्ति जनाइन्।  बिजेपीले जम्मुकश्मिरमा स्थिर प्रशासनको जरुरी भएको बताएको छ। 

null

विधानसभा भंगभएपछि ट्विट गर्दैै विजेपीले प्रशासनमा चरमपन्थीको रोक्नुपर्ने बताएको छ। विधानसभा भंग हुनुपूर्व पीडीपीका २८, कांग्रेसका १२ पिपुल कन्फ्रेन्सका २ र बिजेपीका २५ एमएलए थिए। तिनै मिलेर बहुमतका आधारमा सरकार बनाउनुपूर्व विधानसभा भंग गरिएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *